ललितपुर । स्वदेशी खाऔँ, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई बढाऔँ भन्ने नाराका ललितपुरमा छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला सानेपाको हेरिटेज गार्डेनमा सुरु भएको छ । मेला उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीले लघु तथा साना उद्यमबाट गरेका उत्पादनले नेपालको व्यापारघाटा कम गर्न सहयोग पुगेको बताउनुभयो । नेपाली महिला उद्यमीले स्थानीय कच्चा पदार्थ सदुपयोग गरी गरेका उत्पादन सरकारी कार्यालयमा पनि प्रयोगमा ल्याइने उहाँले बताउनुभयो । आयोजक संस्था महिला उद्यमी महासङ्घकी अध्यक्ष निरु रायमाझी खत्री, प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले मेलाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा महासङ्घले तीन उत्कृष्ट महिला उद्यमीलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेमा पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, खाद्य व्यवसायी वसुमाया तामाङ तथा हस्तकला व्यवसायी शर्मिला लामा हुनुहुन्छ ।
नेपालमा उत्पादित वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारलगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा महासङ्घद्वारा आयोजित प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाका एक सय नौवटा स्टल रहेको आयोजकले जनाएको छ ।
जसमध्ये कृषिजन्यका १४, हस्तकलाका २७, व्यापार तथा सेवाका सात, चाडपर्व विशेष स्टल चार, खानेकुराका पाँच, अन्तर्राष्ट्रिय महिला उद्यमीद्वारा उत्पादित सामानका चार, जिल्ला महिला उद्यमीका २४, अपाङ्गता भएका व्यक्तिका १२, मेहेन्दीको एक, जनकपुरका महिला मिथिला आर्टका आठवटा स्टल रहेका छन् । मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीलाई उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्रदान गर्न, सञ्जाल निर्माण गर्न, सीप तथा ज्ञान आदानप्रदान गर्न तथा उत्पादनलाई प्रोत्साहित गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । मेला पाँच दिन सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच