काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सद्भाव आचार्य तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा उक्लिन सफल हुनुभएको छ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टिमका सदस्य सद्भावले गोकर्ण गल्फ क्लबमा मंगलबार ४-अण्डर ६८ स्कोर गर्दै समग्रमा १०-अण्डर १३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतीलाई तीन स्ट्रोकले पछि पार्नुभयो ।
दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७-अण्डर ६५ खेल्नुभयो । समग्रमा ७-अण्डर १३७ सहित दोस्रो स्थानमा उक्लिनुभयो । समग्रमा ५-अण्डर १३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिनुभएका जयराम श्रेष्ठले ३-अण्डर ६९ खेल्नुभयो ।
पहिलो दिनका लिडर एमेच्योर टासी छिरिङ २-अण्डर १४२ को नतिजामा चौथो स्थानमा तल झर्नुभयो । उहाँले ५-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गर्नुभयो । ३-अण्डर ६९ स्कोर गर्नुभएका धनबहादुर थापा समग्रमा १-अण्डर १४३ सहित पाँचौँ स्थानमा रहनुभयो । समग्रमा इभन पार १४४ सहित भुवन नगरकोटी छैटौँ स्थानमा हुनुहुन्छ । उहाँले मंगलबार १-अण्डर ७१ मा दिनको खेल सक्नुभयो ।
समग्रमा १-ओभर १४५ स्कोरका साथ सञ्जय लामा र निरज तामाङले संयुक्तरूपमा सातौंँ स्थान बाँड्नुभयो । निरजले बिहीबार ३-अण्डर ६९ मा र ४-ओभर ७६ मा खेल सक्नुभयो । कुमार कामी र प्रदीपकुमार लामा समग्रमा २-ओभर १४६ सहित संयुक्तरूपमा नवौँ स्थानमा रहनुभयो । कुमारले १-अण्डर ७१ र २-ओभर ७४ मा खेल सक्नुभयो ।
शीर्ष स्थानमा उक्लने क्रममा सद्भावले चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अण्डर ३३ मा खेल सक्नुभयो । ब्याक नाइन भने १ अण्डर ३५ मा पूरा गर्नुभयो । १०औँ, १२औँ र १५औँ होलमा एक-एक सट बचाए पनि १०औँ र १८औँ होलमा बोगी खेप्नुभयो ।
दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अण्डर ३१ खेल्नुभयो । उहाँले पहिलो, तेस्रो, चौथो, छैटौँ र सातौँ होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो । यसपछि उहाँले ११औँ, १५औँ, १६औँ र १७ औँ होलमा चार बर्डी प्रहार गरे पनि १२औँ र १४औँ होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन २-अण्डर ३४ मा पूरा गर्नुभयो । यो स्कोरमा उहाँ प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहनुभएको छ ।
१४-ओभर १५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बलभद्र राई, तोरणविक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवरा पौडेल, पशुपति शर्मा, दलबहादुर लामा र टासी घलेले कट बनाउनुभएको छ । यस्तै अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईले पनि अन्तिम १८ होलको प्रतिस्पर्धाका लागि स्थान बनाउनुभएको छ ।
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ । कुल आठ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले एक लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच