काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले संघीय गणतन्त्र खतरामा नरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्र आलोचनामा नभइ खतरामा रहेको बताउनु भयो । उहाँले ७० वर्षसम्म नेपाली जनताले लडेर ल्याएको गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरु सडकमा आउँदैमा खतरामा नपर्ने बताउनु भयो । उहाँले अहिलेको व्यवस्था बेठिक छ भन्नेहरु देशमा अस्थिरता ल्याउन उद्धत रहेको बताउनु भयो । उहाँले व्यवस्थामाथि खतरा भए नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरु एक ठाउँमा उभिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो संघीय गणतन्त्र खतरामा होइन । आलोचनामा छ । खतरामा आउँदैन । मलाई के विश्वास छ भने यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीको लडाईं लडेर ल्याएको यो प्रणाली, यो गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरु सडकमा आउँदैमा, दुई चार जना आलोचना गर्नेहरु हुँदैमा खतरामा पर्दैन । यो व्यवस्थालाई नै बेठिक छ भनेर अस्थिरता सिर्जना गर्न चाहन्छन् । व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरुले यो व्यवस्था ल्याउनेहरु एक ठाउँमा उभिन्छन् । व्यवस्थाको बचाउका लागि अघि बढ्छन् । व्यवस्था खतरामा होइन, व्यवस्थामा आलोचना गरेर अघि बढाउने कुरामा हामी जानुपर्छ ।’
सचिव पौडेलले नेपालमा केही कुरा हुनै सक्दैन र सम्भवना नै छैन भन्नेकुरा आंशिक रुपमा सत्य भएपनि पूर्णरुपमा सत्य नभएको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच