बारामा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ मा गएराती सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् ।

कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?