काठमाडौं । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अपिल गरेको छ । पत्रमार्फत भारतले यस्तो अपिल गरेको हो ।
सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।
भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।
एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो । भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन बेहोर्नुपरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच