मेगा क्यापिटलद्वारा तीज अफर

Read Time = 1 min

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले यस वर्षको हरितालिका तीजका अवसरमा नारी सशक्तीकरणका लागि छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । कम्पनीले नारीहरूले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्‍याउने विश्वास लिएको छ ।

आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए तापनि विशेषज्ञबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्ने बताइएको छ । उक्त सेवा न्यूनतम तीन लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने कम्पनीको दाबी छ । सेवा असोज १२ सम्म लागू हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?