काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै छ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई बोलाइएको जानकारी दिनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भइ खटिन नपाउने व्यवस्था उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच