संविधानको विरोधमा माइतिघरमा प्रदर्शन, प्रदर्शनकारी पक्राउ (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।

यसबीच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।

माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले ुकालो संविधानु भन्दै नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा दुवै पक्षबिच घम्साघम्सी परेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?