अर्घाखाँचीमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर-३ खस्रकामा शुक्रबार आपसी विवाद हुँदा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारीक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिनुभयाे ।

मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?