लण्डन । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले आगामी कतार विश्वकप आफ्नो जीवनको अन्तिम रहेको बताउनुभएको छ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले एक अन्तर्वार्ताका क्रममा कतार विश्वकप आफ्नो अन्तिम विश्व कप रहेको बताउनुभएको हो ।
गत वर्ष कोपा अमेरिका जितेका कारण पनि विश्वकपको दाबेदार टोलीका रूपमा हेरिएको छ । अर्जेन्टिनी टोली पछिल्लो ३५ खेलमा अपराजित रहेका कारण पनि यसपल्ट टोलीलाई उपाधि दाबेदारका रूपमा हेरिएको हो । मेस्सीले आफ्नो अन्तिम विश्वकप रहेको बताउँदै विश्वकप जित्ने चाहना पनि व्यक्त गर्नुभएको छ ।
‘सत्य यही हो कहिले विश्वकप सुरु होला र मैदानमा उत्रिन पाइएला भनेर म हतारिएको छु,’ मेस्सीले भन्नुभएको छ, ‘अर्कोतर्फ विश्वकपअघि तनाव पनि हुने गर्छ । यो मेरा लागि अन्तिम पटक हो र यसपल्ट उत्कृष्ट प्रदर्शन दोहोर्याउन चाहन्छु ।’
मेस्सीले आफ्नो टोलीले विश्वकप जित्ने सम्भावना रहेको पनि बताउनुभएको छ । ‘हामी अहिले उत्कृष्ट लयमा छौं । हामी बलियो समूहमा छौं । विश्व कपमा जे पनि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘सबै खेल कठिन छन् । त्यसैले त विश्व कप विशेष छ । तर, दाबेदार भनिएका टोलीले जित्छन् वा उपेक्षा अनुसारको प्रदर्शन गर्छ भन्ने हुँदैछ । इतिहास हेर्ने हो भने अर्जेन्टिना सदाबहार दाबेदार हो ।’
मेस्सीले विश्वकप उपाधिको नजिक पुगेर जित्न सक्नुभएको छैन । मेस्सीले उच्च प्रदर्शन गरेको २०१४ को विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच