चर्चामा शर्लिनको ड्रेसअप

Read Time = 2 mins

एजेन्सी । ड्रामा क्वीन राखी सावन्त र शर्लिन चोपडा यतिबेला चर्चामा छन् । कहिले शर्लिन र राखी मिल्ने साथी बन्छन् त कहिले दुश्मन । उनीहरूको सम्बन्धलाई लिएर पनि मानिसहरू अन्योलमा पर्ने गर्छन । आफ्नो हट तस्वीर र भिडियो पोष्ट गरेर मानिसको मुटुको धड्कन बढाउँछिन् यी अभिनेत्री ।

शर्लिनले हालै सार्वजनिक गरेको तस्वीरमा उनले कपडाको सट्टा टेडी बियरले आफ्नो शरीर ढाकेकी छन् । शर्लिनको यो तस्वीर देखेर उनी उर्फी जावेदभन्दा बढी प्रेरित छिन् भन्नु गलत हुनेछैन । शर्लिन एक सनसनीपूर्ण स्टनर हुन् जसले आफ्नो बोल्डनेस, सेमी न्यूड र बिकिनी सुटहरूमार्फत मानिसहरूको मनमा तीर हानेकी छन् ।

यी अभिनेत्रीको आत्मविश्वास र करिश्मालाई दर्शकले रुचाएका छन् । उनको हट–बडी र किलर लुक्सले दर्शक र उनका फ्यानहरूलाई अचम्ममा पार्छ, जुन वास्तवमा शोबिज र ग्लैमरको संसारमा कायम राख्न सबैभन्दा कठिन चीजहरूमध्ये एक हो । हरेक पटक उनले आफ्नो फरक शैली र लुक्सले मानिसलाई चकित पार्ने गर्छिन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?