सरकारले प्रशोधित पानीको मूल्य बढायो

Read Time = 2 mins

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिनरल वाटरको अधिकतम मूल्य निर्धारण गरेको छ । विभागले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका लागि बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको हो ।

जसअनुसार अब उपभोक्ताले काठमाडौं उपत्यकाभित्र प्रतिलिटर बोटलको पानीलाई अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तिर्नुपर्नेछ । २० लिटरको जारको पानी अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ । तर, उपत्यकाबाहिर एक लिटरको बोटलको पानी अधिकतम खुद्रा मूल्य २० रुपैया र २० लिटरको जारको पानी अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ तोकिएको छ ।

उल्लेखित मूल्यभन्दा बढीमा प्रशोधित पानीको बोटल वा जार बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिने विभागले जनाएको छ । दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा बिक्रीवितरण हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिले अध्ययन प्रतिवेदनसमेत तयार पारेको थियो । प्रतिवेदनका आधारमा अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?