बैतडीमा कुँवर र भण्डारी एकै पदका लागि तेश्रो पटक भिड्दै

Read Time = 3 mins

-डम्बरबाबु बोहरा
बैतडी । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनलाई बैतडीमा निकै चासोका साथ हेरीएको छ । प्रतिनिधी सभा सदस्यका लागि नरेन्द्र कुँवर (विजयसुन्दर) र दामोदर भण्डारी तेस्रो पटक चुनाव मैदानमा हुनुहुन्छ । दामोदर भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुन् भने नरेन्द्र कुवँर (विजयसुन्दर) नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य हुनुहो । यसका कारणले पनि निकै चासोको साथ हेरिएको हो ।
उहाँहरु एउटै पदका लागि २०६४ र २०७० मा संगै चुनावी मैदानमा उत्रिनुभएको छ । ०६४ मा कुवँर र ०७० मा भण्डारी विजयी हुनुभएको थियो । २०७४ मा भएको निर्वाचनमा प्रतिनिधी सभा सदस्यका लागि बाम गठबन्धनबाट दामोदर भण्डारीलाई अघि सार्दै कुवँरले भण्डारीका लागि जनता संग भोट माग्नुभएको थियो । नेपाली कांग्रेसका नरेन्द्र बहादुर चन्दलाई पराजीत गर्दै भण्डारी दोश्रो पटक विजयी हुनुभएको थियो । यो पटक भने भण्डारीलाई पराजीत गर्न सत्तागठबन्धनका साझा उम्मदेवार कुवँर लागीपर्नुभएको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादीको समर्थनमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नरेन्द्र कुवँर (विजयसुन्दर) दोश्रो पटक विजयी हुने लक्ष्यका साथ चुनावी मैदान उत्रिनुुभएको छ । यता नेकपा एमालेका सुदूरपश्चिम कमिटी अध्यक्ष समेत रहनुभएका भण्डारी तेश्रो पटक निर्वाचित हुदै ह्याट्रीक गरी अब्बल उम्मेदवारको रुपमा आफ्नो परिचय बनाउन खोजी रहनुभएको छ ।

प्रतिनिधी सभा सदस्यका लागि बैतडीबाट तीन जना स्वतन्त्र उम्मेदवार सहित एघार जनाले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगबाट उम्मेदवारहरुले चुनाव प्राप्त गरे संगै प्रचारप्रसारका कार्यक्रमहरुलाई पनि तीव्र पारिएको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यहाँ नेकपा एमाले अग्रपंक्तिमा देखिन्छ । बैतडीमा नेकपा एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?