काठमाडौं । वीर गणेशमान सिंह फाउण्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा निर्णायकका तर्फबाट टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डा तथा खेलाडीका तर्फबाट शिभाली गुरुङले शपथ ग्रहण गर्नुभएको थियो ।
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धा समावेश छन् । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि नौ लाख पाँच हजार रुपैयाँ रहेको छ । जुनियरमा भने प्रोत्साहन स्वरूप गिफ्ट हृयाम्पर प्रदान गरिनेछ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्समा आर्यन गिरी, बोरिस अधिकारी, साम्दुप लामा, प्रसिद्ध मोक्तान, युगेन शेर्पा, विपुलविभोर अधिकारी र दर्शिल श्रेष्ठले जित हात पार्नुभयो । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अनिशमान श्रेष्ठ र वृजेश लाकौलले सफलता पाउनुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, हरिबहादुर बस्नेत, विमल गुरुङ, मानबहादुर कटुवाल, हेमराज ढकाल र जोली टार्गेन विजयी हुनुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा सुशीलराज पाण्डे तथा सुनिल गुरुङ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यू-८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, आयान पन्त, रिधन श्रेष्ठ, कायन चालिसे, साहंस बस्नेत, शुभम श्रेष्ठ, जीवश भट्टराई र टोनिस श्रेष्ठले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गरे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवर, रजिशा जोशी, पर्नभी राणा, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ, निशु गुप्ता, मान्भी क्षेत्री र तभिसी राणाले जित आत्मसात गरे ।
यू-९ ब्वाइज सिंगल्समा कायन चालिसे, तोनिस श्रेष्ठ, भिरल अग्रवाल र निश्चल ज्ञवाली अगाडि बढे । यू-१० गल्र्स सिंगल्समा स्वारह थापा र जीवश्री भट्टराईले पहिलो चरण पार गरे । यू-१२ ब्वाइज सिंगल्समा सन्दिप जिसी, संज्ञा रोका, सुजन कुईंकेल, सानावाज हुसेन, अर्याशराज पौडेल र दर्शिल अग्रवाल विजयी भए । उक्त स्पर्धाको गल्र्समा जेनिशा ज्ञवालीले बाजी मार्नुभयो । यू-१४ ब्वाइज सिंगल्समा शाश्वत बज्राचार्य र सन्दिप विक सफल भए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच