-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको बुधवार (आज) भएको खेलमा गण्डकीलाई पराजित गरी बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ ।
दर्शकहरुले खचाखच भरिएको बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३-१ को सेटमा जित निकाल्यो ।
पहिलो सेट गण्डकीले २५-२०मा जित निकालेको थियो । त्यसपछिका तिनै सेट लगातार बागमती प्रदेशले २५-१२,२५-२१,२५-१६ को खेल खेलेको थियो । आजै शसस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीको पुलिस क्लबका बीच अन्तिम फाइनल खेल हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच