पहिचानवादीका बन्दका कारण मेची राजमार्ग ठप्प

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको मेची राजमार्ग बन्दले बुधबार राजमार्ग ठप्प भएको छ ।

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै गरेको बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् ।

इलामबाट सञ्चालन हुने साधन नचल्दा यात्रुले भने सास्ती खेप्नु परेको छ ।

संघर्ष समितिले पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाईको माग गर्दै बुधबार र विहीबार मेची राजमार्ग बन्दको आह्वान गरेको हो ।

किरातीलाई गत पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?