न्युयोर्क । नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तु सन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।
समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमा छ ।’
उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन