निर्वाचन सुरक्षाका लागि जुम्लामा एकहजार सात सय सुरक्षाकर्मी परिचालन

Read Time = 4 mins

-विजय रावत
जुम्ला । निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आबश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४ सय ३२ ,नेपाली सेना ३ सय ५०, सशस्त्र प्रहरी दुईसय ७० र ६ सय ६९ जना म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिनुभयो ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलनदेखी स्थलगत निरीक्षणको काम गरिरहेको छ । निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ती खटिईसकिएको छ । निर्वाचन सुरक्षाका लागि तिन घेरा हुने छ पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । जिल्लामा विधुती नक्शा समेत वनाएर सुरक्षा संयन्त्रले काम गरिरहेको प्रहरीले जनाएको छ । थप सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको नन्दबक्स गणका गणपति रबिन थापाले जानकारी दिनुभयो ।

मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

जुम्लामा स्थानीय तहको निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मतगणना कार्य सम्पन्न नहुन्जेसम्म पुर्णरुपमा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जानकारी दिुनभयो ।

निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सोमबार सार्वजनिक सुचना मार्फत जानकरी गराएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?