नबिलद्वारा कनकाइमा वित्तीय सचेतना

Read Time = 2 mins

झापा । नबिल बैंकले कनकाइ नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । कनकाइ नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा एक सय ५० जना युवा तथा महिला उद्यमीको सहभागिता थियो ।

सो अवसरमा कनकाइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने बताउनुभयो ।

उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सिर्जनाका साथै उद्यमशीलता प्रवद्र्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने बताउनुभयो । नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आवश्यकता भएको र क्युआर कोडले व्यवसायमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभयो ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिलाप्रसाद ओझाले कृषि कर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा जानकारी गराउनुभयो । सरकारले अवलम्बन गरेको दिगो विकास लक्ष्यलाई सघाउन नबिलले २०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङको सुरुवात गरेको थियो । १७ शाखाबाट सुरु गरेको दिगो बैंकिङ हाल सय शाखामा विस्तार गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?