महोत्तरी । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी-१ 'क' मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाई वैधता प्रदान गरेको हो ।
गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी-१ 'क' को विवाद भने सावधान भएको छ ।
क्षेत्र नं. २ 'क' को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन । क्षेत्र नं.२ मा गठबन्धन भित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।
क्षेत्र नं. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । 'भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,' लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच