ज्ञान्दरी कैनीको ‘सागर को छाल’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । साहित्यकार तथा गीतकार ज्ञान्दरी कैनी भट्टको गीत ‘सागरको छाल’को भिडियो सार्वजनिक भएको छ । मिलन नेवारको स्वर, सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालीको एरेञ्ज र कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सागर अधिकारी ‘शरद’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सुरेन बस्यालको निर्देशन रहेको गीतको भिडियोमा महेश खडका, रविना केसी र शिला गजुरेललाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

स्रष्टा ज्ञान्दरी कैनीको केही समय पहिला गजल संग्रह ‘मञ्जरी’ सार्वजनिक भएको थियो । सोही एल्बममा रहेको गीत ‘सागरको छाल’को भिडियो सार्वजनिक भएको हो । पछिल्लो समय साहित्य लेखनमा सक्रिय कैनीको यो पहिलो सार्वजनिक गजल संग्रह एल्बम हो ।

कैनीका गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा सक्रिय कैनी साझा प्रकाशनलगायत विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?