नेपाल–भारत सीमा नाका बन्द हुने

हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । नेपाल भारत सीमा नाका नमुनाहा दुईदिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा निर्वाचनका लागि नाका बन्द हुने भएको हो ।

वैशाख २१ गते बहराईच जिल्लामा नगरपञ्चायतको निर्वाचन हुँदैछ । निर्वाचनमा हुन सक्ने असरलाई मध्यनजर गर्दै ग नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने जनाइएको छ । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि २ दिन सीमा नाका बन्द गर्ने गरिने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जमुनाहा प्रहरीले जनाएको छ । निर्वाचनलाई लक्षित गरेर नाका बन्द गराउने जानकारी प्राप्त भएसँगै नाका बन्द गर्न लागिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलता अनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ । खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको छ ।

यसैगरी,वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?