सामाजिक सञ्जालको ‘पोष्ट’ले ४५ वर्ष जेल

सांकेतिक तस्बिर

Read Time = 1 min

रियाद । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पुर्‍याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पुर्‍याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल-काहतानीलाई ४५ वर्षको कारावासको सजाय सुनाइएको वासिंटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

अल-काहतानीले अनलाइन के पोष्ट गर्नुभयो वा उहाँको सुनुवाइ कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उहाँले केवल आफ्नो विचार ट्वीट गर्नुभएको थियो । यसअघि एकजना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?