धादिङको मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौमा अलपत्र

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका स्थित मार्पाक सामुदायिक क्लबको एम्बुलेन्स काठमाडौमा अलपत्र रुपमा थन्किएको छ । क्लबको नाममा रहेको एम्बुलेन्स काठमाडौंमा व्यवारीसे अवस्था थन्किएर बसेको हो ।

मार्पाक सामुदायिक क्लबले करिब १० बर्ष अगाडी देखि सञ्चालनमा ल्याएको एम्बुलेन्स करिब ३ बर्ष मात्र सञ्चालनमा आएको र अहिले काठमाडौको बनस्थलीमा थन्किएर बसेको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिनुभयो । हाल बनस्थलीको एक ग्यारेजमा थन्किएको उक्त एम्बुलेन्सको ४ वटै टायर फेर्नुपर्ने अबस्थामा रहेको छ ।

उक्त एम्बुलेन्सलाई फुल सर्भिसिङ्ग गरि आबश्यक मर्मत संभार पनि गर्नुपर्ने देखिएकोले करिब ७० हजार देखि १ लाखसम्म खर्च हुने देखिएको छ । करिव ७ बर्ष सम्म एम्बुलेन्स थन्किनु र मर्मत नगर्नु के कारणले हो यो भने शंकाको विषय बनेको छ । कम मूल्यमा मर्मत हुँदा किन मर्मत भएन एकातिर प्रश्न उठेको छ, भने अर्का तिर ७ वर्ष सम्म किन एम्बुलेन्स थन्कियो ? क्लवले किन यसको निगरानी गरेन जस्ता प्रश्नले शंका पैदा भएको छ । कतै क्लवका जिम्मेवारी ब्यक्तिले त यसको भ्रष्ट्राचार गरेको छैन् ? यो शंकाको विषय बनेको छ ।

यस विषयमा एम्बुलेन्स चालक कुबिर अधिकारी समक्ष बुज्दा क्लवका अध्यक्षले तलव नदिएकाले आफुले एम्बुलेन्सको चाबी काठमाडौको बनस्थलीमा उहाँलाई बुझाएको बताउनुभयाे । आफुले १८ महिनादेखी तलब नपाएकाे र तलव नपाएपछि काम के गर्नु भनेर चावी बुझाएको  उहाँको भनाई छ ।

धादिङ जिल्लाभरी कार्यक्षेत्र रहेको उक्त क्लबमा हाल अध्यक्ष सुदिप अधिकारी, महासचिब अनिल अधिकारी र कोषाध्यक्ष अजय अधिकारी लगायत कुल १७ जनाको क्लब संचालक कार्यसमिति रहेको छ । गाउँमा विरामीहरुको लागि सहयोग तथा सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यका साथ करिब ३ वर्ष अगाडी देखि एम्बुलेन्स सञ्चालनमा आएको थियो । जसमा एम्बुलेन्स संचालन समिति र एम्बुलेन्स संचालन सल्लाहकार समिति समेत बनाएको थियो ।

केही समय राम्रोसँग काम गर्यो अहिले केही काम भएन् । गाउँमा एम्बुलेन्स आएसँगै स्थानीयहरु हर्षित मात्र भएन् गाउँकै मुहार परिवर्तन भएको चर्चा गरेका थिए । तर अहिले गाउँमा भएको एउटा एम्बुलेन्स पनि थन्किएर बस्दा गाउँनै अध्यारो जस्तो भयो । कतै कमिसन र लेनदेनमा कुरा नमिलेर यो अवस्था आएको हुनसक्ने स्थानियकाे शंका छ  ।

एम्बुलेन्स संचालन समितिका अध्यक्ष बिष्णु अधिकारी रहेको उक्त समितिमा रवि अधिकारी महासचिब र उत्तम अधिकारी कोषाध्यक्षसहित १५ सदस्यीय एम्बुलेन्स संचालन समिति थिए । साथै यम बहादुर अधिकारी मुख्य सल्लाहकार रहने गरी गरि ७ जनाको सल्लाहकार समिति समेत बनाइएको क्लबका अध्यक्ष अधिकारीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?