दुई महिनामा तीन लाख ७९ हजार पर्यटक

Read Time = 1 min

काठमाडौं । पछिल्लो समय नेपाल आउने पर्यटक बढेका छन् । सन् २०२२ को पछिल्ला दुई महिना अर्थात् सेप्टेम्बर र अक्टोबरमा तीन लाख ७९ हजार तीन सय ६९ जना विदेशी पर्यटक आएका हुन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा एक लाख ८० हजार दुई सय ६२ पर्यटक नेपाल भित्रिएका छन् ।

जसमा एक लाख २९ हजार नौ सय ६४ पुरुष र ५० हजार दुई सय ८४ महिला रहेका छन् । पर्यटकहरू विभिन्न एक सय ७७ देशबाट आएका हुन् । अक्टोबरमा एक लाख ९९ हजार एक सय सातजना पर्यटक आएकोमा एक लाख ३० हजार पाँच सय सात पुरुष र ६८ हजार पाँच सय ७९ महिला रहेका छन् ।

सन् २०२२ को आठ महिनामा तीन लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए । जनवरीदेखि अगस्टसम्म विभिन्न देशका तीन लाख २३ हजार चार सय २६ जना पर्यटक नेपाल आएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?