वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सम्झनामा श्रद्धाञ्जलि सभा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सम्झनामा न्हु प्रेस्तिज नेपाःको आयोजनामा उहाँकै निवास बखुम्बहाल ललितपुरमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वर्गीय सत्यमोहन जोशीको योगदानबारे चर्चा गर्नुभएको थियो ।

उहाँले सत्य मोहनजोशी प्रज्ञा प्रतिष्ठानको थालनी भएको र नगरपालिकाले केही बजेट छुट्याएको पनि जानकारी दिनुभयो । उक्त कार्यक्रममा बिभिन्न बक्ताले जोशीलाई स्मरण गर्दै उहाँको भाषा, कला साहित्यमा विशेष योगदान रहेको भन्दै जोशीको पदमार्ग पछ्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जोशीका दुई छोरा, न्हु प्रेस्तिज नेपाःका अध्यक्ष यज्ञ रत्नधाख्वा, प्रधान सम्पादक नरेन्द्रराज भण्डारी, कार्यकारी सम्पादक नरेन्द्र श्रेष्ठ, समाजसेवी मोतिलाल शिल्पकार, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकार, सिकर्मी समाजका अध्यक्ष बिष्णु सिकर्मी, साहित्यकार, पत्रकार, कलाकारलगायतको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?