यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारक अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । सान फ्रान्सिस्कोबाट शिकागोको एउटा उडानमा यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारकलाई अस्पताल भर्ना गरिएको छ । फक्स ३२ शिकागोका अनुसार आइतबार उक्त घटना भएको हो ।

विमान परिचारकसँग एक जना रिसाएकी महिला यात्रुको झगडको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पनि पोस्ट गरिएको छ । भिडियोमा शिशु बोकेकी एक महिला चिच्याएको र उनलाई ‘पछाडि हट’ भनेको सुन्न सकिन्छ । विमान शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उक्त घटना भएको हो । भिडियो सुरु भएसँगै विमानभित्र प्यासेजमा महिला चिच्याएको सुन्न सकिन्छ । ‘यो कहाँ हो’, उनी चिच्याउछिन् ।

‘म्याम हामी अवतरण गरिरहेका छौँ,’ एक विमान परिचारिका उनलाई भन्छिन् । ‘सारा पछाडि हट्नुहोस’ परिचारकले अगाडि भन्छिन् । तर, ती महिला विमान परिचारकतर्फ निरन्तर बढ्छिन् । फ्लाइट ४७६ मा भएको ‘अवरोध’पछि आफूहरूलाई बोलाइएको शिकागो प्रहरीले जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?