आज डलरको भाउ स्थिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६१ रुपैयाँ र बिक्री दर ८८.०१ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ९८ रुपैयाँ ०४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २१ पैसा र बिक्री दर १० रूपैयाँ २५ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६९ पैसा र विक्रीदर ४३३.६४ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?