जुम्लाकाे चौरा गाउँलाई एकीकृत बस्ती विकास गर्न सहरी विकास मन्त्रालयसंग बजेट माग

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ अन्तर्गत चौर गाउँलाई एकीकृत बस्ती विकास गर्नका लागि संघीय सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेसंग यहाँको पातारासी गाउँपालिका उपाध्यक्षसहितको टोलि र जुम्लाका संघीय सभाका सांसद छिरिङ ल्यामु लामा तामाङले बजेट व्यवस्थापन गर्नका लागि बजेटको माग गर्नुभएकाे छ ।

सो वडाको गाउँलाई गाईबारा खोलाले कटान गरि बस्ती जोखिम भएकोले सांसद लामाको विशेष पहलमा आउने आर्थिक बर्षमा सहरी विकास मन्त्री पाण्डेले बजेट व्यवस्थापन गर्ने भनी प्रतिबद्दता जारि गरेको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

बजेट अभावले चौर गाउँलाई पालिकाले समाधान गर्न सकेन जुम्लाका सांसद छिरिङ ल्यामु लामा तामाङले मन्त्री ज्युलाई समस्या राख्नुभयो । वडाध्यक्षसहित पालिकाबाट बजेट निश्चित गर्न मन्त्रालय आउनु परेको उपाध्यक्ष रोकायाले बताउनुभयो ।

सांसद छिरिङ ल्यामु लामा तामाङले पातारासीको चौर गाउँलाई एकीकृत नमुना बस्ती बनाउनका लाग चाहिने बजेटको व्यवस्थापनका लागि सहरि विकास मन्त्री ज्यु संग पहल भएको, मन्त्री बाट बजेटको व्यवस्थामा प्राथमिकतामा परेको वचन दिएको र सबै निकायबाट सहयोग गरि समस्याको हल गरिने सांसद छिरिङ ल्यामु लामा तामाङले जानकारी दिनुभयो ।

मन्त्रालयले बजेट विनियोजित भए चौर गाउँलाई नमुना बस्ती बनाउन सहज हुने पातारासि गाउँपालिकाले जनाएको छ । मन्त्री पाण्डे संग उपाध्यक्ष रोकाया, १ र ३ नम्बर वडाध्यक्ष र जुम्लाका सांसद लामासहितको टोलिले भेटघाट गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?