पाल्पा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

Read Time = 4 mins

काठमाडौं । पाल्पा उद्योग वाणिज्य संघकोे १६औँ अधिवेशनबाट शैलेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा सम्पन्न मतदानमा प्रतिस्पर्धी राजीव श्रेष्ठलाई चार सय ४० मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । भट्टराईले छ सय ४१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी श्रेष्ठले दुई सय एक मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । एक हजार एक सय ३५ कुल मतदातामध्ये अध्यक्षमा आठ सय ४७ मत खसेको थियो ।

यी दुवै कांग्रेस निकट व्यवसायी हुन् । विगतका निर्वाचनमा जस्तो प्यानल बनाएर चुनावी मैदानमा नआए पनि दुवै उम्मेदवारले आ-आफ्नै किसिमले चुनावी प्रचार गरेका थिए । अध्यक्षमा निर्वाचित भट्टराई पिएस गल्ला भण्डारका सञ्चालक र पराजित श्रेष्ठ हरिमान अमरमान इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक हुनुहुन्छ ।

भट्टराईलाई संघका केही पूर्वअध्यक्षको समर्थन रहेको थियो भने श्रेष्ठलाई नयाँ पुस्ताका व्यवसायीको समर्थन थियो । अध्यक्षमा निर्वाचित भट्टराई संघको आमन्त्रित सदस्य हुँदै महासचिव बन्नुभएको हो । तीन वर्ष आमन्त्रित सदस्य हुनुभएका भट्टराई छ वर्ष कार्यसमिति सदस्य बन्नुभएको थियो । त्यसपछि तीन वर्ष वाणिज्य उपाध्यक्ष र तीन वर्ष महासचिवको जिम्मेवारीमा रहनुभयो ।
उद्योग उपाध्यक्षमा भएको निर्वाचनमा करुवा व्यवसायी उत्तमकुमार ब्रजाचार्य विजयी हुनुभएको छ ।

वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ भने क्षेत्र ११ का दुई सदस्यतर्फ कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित हुनुभएको छ । कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र ११ को दुई सदस्यका लागिमात्र निर्वाचन भएको थियो । अन्य पदमा भने निर्विरोध भइसकेका छन् ।

एसोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे निर्विरोध हुनुभएको छ भने क्षेत्र दुईको सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र तीनको एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र चारका दुई पदमा नारायण पछाई, मञ्जु रेग्मी, क्षेत्र पाँचको सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र छमा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र सातको दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य, क्षेत्र आठमा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नौको एक सिटमा समिरमान सिंह, क्षेत्र १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र १३ को एक सिटमा समता मियाँ निर्विरोध हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?