इरानी सरकारी सञ्चारमाध्यद्वारा नैतिकता प्रहरी खारेज गरिएको रिपोर्ट अस्विकार

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले इरानको नैतिकता प्रहरी इकाइ खारेजी हुन लागेको अभिव्यक्ति दिएपछि इरानको सरकारी सञ्चारमाध्यमले उक्त भनाइको विरोध गर्दै न्यायपालिकाले नभएर गृह मन्त्रालयले प्रहरी इकाइ निरीक्षण गरेको बताएको छ ।

नैतिकता प्रहरी इकाइ बन्द भए/नभएको विषयमा गृह मन्त्रालयले केही  पुष्टि गरेको छैन ।  यसअघि महान्यायाधिवक्ता मोहम्मद जाफले खारेज भएको बताएका थिए । हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यतिर महसा अमिनि नाम गरेकी युवती पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो ।

उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?