काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘तिम्ले देको पीडा’ सार्वजनिक भएको छ । रचना रिमालको स्वर, नवीन कार्कीको संगीत, विशाल निरौलाको एरेञ्ज र रञ्जन राईको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राहुल श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा आर्यन राउत, छाया श्रेष्ठ, सदिक्षा पाण्डेय, आलोक चौरेली र राज सरगमको अभिनय छ ।मुकेश हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विनोद वमको सम्पादन र कलर रहेको छ ।
गीतको भिडियोलाई भवसागर इन्टरटेनमेन्टको युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ । गीतकार गुरुङका धेरै गीत श्रोता÷दर्शकमाझ लोकप्रियत छन् । आफ्ना अन्य गीतजस्तै ‘तिम्ले देको पीडा’ले पनि श्रोता/दर्शकले मन पराइदिनेमा आफू आशावादी रहेको गुरुङ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच