चैतदेखि बैंकहरूको ब्याजदर घट्ने

Read Time = 2 mins

काठमाडौं । बैंकको ब्याज घट्ने भएको छ । चैतदेखि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो । बिहीबार बसेको संघको बैठकले चैतदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको छ ।

अब वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम् ८.४२ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको थियो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ ।

चैतमा पनि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् । संघले कर्जाको ब्याजदरसमेत घटाउने निर्णय गरेको छ । हालसम्म वाणिज्य बैंकले अधिकतम् छ प्रतिशतसम्म प्रिमियम गरेकोमा एक प्रतिशत घटाएर चैतदेखि बेसरेटमा अधिकतम् पाँच प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?