दाहालको ‘मेरो पत्रकारिता’ : पढेर गरेको टिपोट

✍️ तिलकप्रसाद लुइँटेल

गत मंगलबार (२५गते) को अंकबाट बाँकी:

चौधौँ खण्डमा शीर्षक-यात्रा : च्यानल टेलिभिजन भन्ने छ । यसको थालनी पृष्ठ ४३७ बाट भएर अन्त पृष्ठ ४५१ मा भएको छ । यसमा जम्मा ४ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
यात्रा : च्यानल टेलिभिजन-...पाकिस्तानी समर्थक- दरबारिया भनी खुबै चर्चा चल्थ्यो । बागबजारमा बसेर गुच्चा खेल्दै जिस्किएर बस्ने केटालाई यस्ता अनेक उपमाहरू दिइन्थ्यो । मिडियामा हात हालेपछि अनेक स्वार्थहरू जोडिन सक्छन् । पृष्ठ ४३८
(१) च्यानलमा कार्यक्रम- तर दुवैको शैली आक्रामक तर नाटकीय हुन्छ । एउटा दर्शक र स्वयं पत्रकारितामा लामो अनुभव भएको नाताले- अहँकारको पिण्ड पत्रकारिता... । पृष्ठ ४४१
(२) मेरो पहिलो टिभी कार्यक्रम : अग्निपरीक्षा-तर इराकमा नेपालीहरू मारिएको त्यो हृदयविदारक घटनामा राष्ट्रिय शोक मनाउनुको साटो देशलाई खरानी पार्ने र...। पृष्ठ ४४७
(३) समाचारमा नवीनताको खोजी-...‘नछाडिदिनुभएको भए हुने थियो तर छाडे पनि माया गर्नुहोला । अहिले मसँग रुपैयाँ छैन । तपाईंको पारिश्रमिक अवस्था ठीक...।’ पृष्ठ ४४९
(४) गुमेको अवसर-...‘दाइ तपाईं सभापति बन्नुपर्छ । समय खराब छ देशको दशा बिग्रिरहेको छ ।’ मलाई पनि लाग्यो, अमेरिका गएर छ महिना घुम्नुभन्दा त देशमा...। पृष्ठ ४५०

...‘ज्ञान भन्ने कुरा बाहिरबाट हृदयमा आउने तत्व होइन, यो त मनुष्यमा नै अन्तर्निहित हुन्छ । संसारले आजसम्म जे जति ज्ञानको लाभ गरेको छ त्यो सम्पूर्ण मनबाट नै निःसृत हो । मानिसको जुन शक्तिहरूसँग सम्बन्ध हुन्छ तीमध्ये कर्महरूको शक्ति प्रबल हुन्छ ।

पन्ध्रौँ खण्डमा शीर्षक- त्यस समयका पछिल्ला सन्दर्भहरू भन्ने छ । यसको थालनी पृष्ठ ४५२ बाट भएर अन्त पृष्ठ ५८२ मा भएको छ । यसमा जम्मा १५ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्यासमेत यस प्रकार छन्-
त्यस समयका पछिल्ला सन्दर्भहरू- केही विशेष लेखहरू हिमालय टाइम्समा दिए पनि नियमितरूपमा नेपाल समाचारपत्रमा लेख्न थालेँ । सात सयदेखि एक हजार हप्ताको दिन्थे । मैले जस्तो लेखे पनि यथावत् जान्थ्यो । नेपाल समाचारपत्रका मेरा लेखलाई लिएर ‘देशे मरु झ्या’ का सम्पादक प्रदीपमान श्रेष्ठ प्रशंसा गरिरहन्थे । पृष्ठ ४५२
(१) मानवअधिकारका पक्षमा- त्यो विफल भयो र पुनः देउवालाई प्रधानमन्त्री दिन बाध्य भए । पहिले ‘असक्षम’ भनिएका देवउवालाई प्रधानमन्त्री पदमा पुनःस्थापना गर्नासाथ...। पृष्ठ ४५३
(२) घातक कदम-...गरेको युद्धविराम र पूर्वसहकार्यका विश्वासमा परी राजा ज्ञानेन्द्रले चालेको कदम उनलाई र राजसंस्थालाई प्रत्युत्पादक भयो भने देश र जनताका... । पृष्ठ ४५५

Mero patrakarita(३) आन्दोलन र सहभागिता-...अरू साथीहरूसमेत जुट्दै गए र विशाल नागरिक आन्दोलनको पंक्ति तय भयो । यसै समयमा नेपाल पत्रकार महासंघको नेतृत्वमा... । पृष्ठ ४५५
(४) चोटिलो विश्लेषण-...सहमतिमा टाउको हल्लाए । तर बुझे वा बुझेनन् म भन्न सक्दिनँ ।’ यो भेट र पुस्तक प्रसंग यसअघि नै राजधानी राष्ट्रिय दैनिक प्रकाशन...। पृष्ठ ४५८
(५) परिवर्तन र त्यसपछि-...बाघले पोखरीमा बसेर सुनको चुरो देखाउँदै सिकार गरेको कथा चरितार्थ गर्दै राष्ट्रपति बनाउने भनी गिरिजाप्रसाद कोइरालालाई दिएको...। पृष्ठ ४५९
(६) राजा ज्ञानेन्द्रलाई रोक्न माग-अन्ततः दलहरूले संयुक्त राष्ट्रसंघमा पत्र लेखेर लबिङ गरेपछि राजा ज्ञानेन्द्र संयुक्त राष्ट्रसंघ नगई अफ्रिकी राष्ट्रहरूतर्फ गए । उनले...। पृष्ठ ४६०
(७) भविष्यवाणी जस्तै भयो-मधेस केन्द्रित दलहरू राजनीतिको कुञ्जी भएर उदाए । कांग्रेस परस्त भएर मलाई आरोपित गर्ने हाछेथो मधेसी कोटामा-...। पृष्ठ ४६१
(८) प्रचण्डको आक्रामकता-...छलफलका विषयलाई मर्यादा, नैतिकता र शिष्टता सबैलाई तिलाञ्जलि दिँदै-जथाभावी व्याख्या र परिभाषा गर्न लागे । म त्यस्ता हावादारी र...। पृष्ठ ४६३
(९) कठपुतली र प्रभुको प्रश्न-उहाँ खुलेर बहस गर्नुहुन्छ । विभिन्न स्थानमा उहाँको खास सहयोगीमाझ किन हो मलाई पनि बोलाउने गर्नुहुन्थ्यो । तर प्रधानमन्त्री...। पृष्ठ ४६३-४६४
(१०) रामचन्द्रको पीडा-...लिनु उपयुक्त समय आएको छ । एमाले र मधेसी दललाई समझदारीमा ल्याएर कांग्रेसको दाबी हुनुपर्छ ।’ तर, धेरै साथ यो भनाइविरुद्ध थिए । पृष्ठ ४६७
(११) छुट्न लागेका विषय-...चर्चा गर्दै त्यो उहाँले आफ्नो देशअनुकूल चालेको कदम हुनुपर्छ भन्दै समर्थन गरे । मेरो व्यक्तिगत धारणा थियो- ...खोज्नु युक्तिसंगत थिएन । पृष्ठ ४७१
(१२) मिडिया मिसनसँग माओवादीको जंगलमा- माओवादी र सरकारी सुरक्षाकर्मीबीच यहाँ त्यसै साल भिडन्त भएको थियो र एफएम भएको श्रीनगर डाँडापट्टिबाट... । पृष्ठ ४७२
(१३) जोड्नुपर्ने केही प्रसंग-...नाकाबन्दीको अनुभव ग¥यौँ । प्राकृतिक विपद्देखि अनेक मानवीय विपदाहरूसँग प्रत्यक्ष हुन पायौँ । सिसाका अक्षरबाट थाहा भएको... । पृष्ठ ४७७–४७८
(१४) मेरा अस्वीकृत दुई लेखहरू-मेरो सदस्यता नरहेको भए पनि मलाई नेपाली कांग्रेस एक हुनुपर्छ भन्ने लागिरहेको थियो । मैले सहर्ष स्वीकार गर्दै पक्षविपक्ष, आरोप... । पृष्ठ ४७९
(१५) परिणामको प्रश्न-...भूमिका रूपमा सनातन, वैदिक, धार्मिक, सांस्कृतिक राष्ट्र नेपालको औपचारिक परिचयले नेपालको समृद्धि, विकास र उन्नतिमा सहयोग...। पृष्ठ ४८१
सोह्रौँ खण्डमा शीर्षक- अविस्मरणीय क्षण र नयाँ जिम्मेवारी भन्ने छ । यसको थालनी पृष्ठ ४८३ बाट भएर अन्त पृष्ठ ५०४ मा भएको छ । यसमा जम्मा ६ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
अविस्मरणीय क्षण र नयाँ जिम्मेवारी- वस्तुतः अंग्रेजीमा अनुवाद गर्ने मुख्य प्रेरणा उहाँको यही आशीर्वचन हो । शताब्दीपुरुषका यी वचनहरू मेरा लागि जीवनका अनमोल पुँजी हुन् भन्ने मेरो निष्कर्ष छ । पृष्ठ ४८३
(१) रूपलाल विश्वकर्मा प्रतिष्ठान र पुरानो सम्झना- एकोहोरो बाहुन र कांग्रेसलाई गाली गरिरहेको सुनेपछि मलाई रूपलाल दाइले कानमा खुसुक्क भन्नुभयो-‘आज तपाईंलाई...। पृष्ठ ४८६
(२) नयाँ जिम्मेदारी- जनतासँग जोडिने र व्यवहारवादी राजनीतिको मात्रा के कस्तो छ ? आत्मकेन्द्रित र मनोगत विश्लेषणको सिकार नेपाली कांग्रेस कुन रूपमा भइरहेको छ ? पृष्ठ ४९२
(३) परिवर्तनका नायकहरू किन अपमानित ?- संविधानलाई संस्थागत गर्न स्थानीय सरकार, प्रदेशसभा र संघको निर्वाचन अपरिहार्य थियो । त्यो निर्वाचन सम्पन्न गर्ने काम... । पृष्ठ ४९३
(४) नेपाली कांग्रेसको पराजयको प्रसंग-यसै पनि २०६३ को परिवर्तनका कतिपय पाटाहरूलाई लिएर नेपाली कांग्रेसका सदस्यहरू बीचमा विवादको जरो गाडिएको छ । पृष्ठ ४९३
(५) प्रशिक्षणका विषयहरू-...केन्द्रीय समितिको बैठकमा प्रस्तावमाथि बहस हुँदा तीन दिनसम्म आमन्त्रितका रूपमा मलाई पनि सहभागी गराइएको थियो भने... । पृष्ठ ५०२

(६) नेकपा नेतृत्वको सरकारका कामहरू-...‘ज्ञान भन्ने कुरा बाहिरबाट हृदयमा आउने तत्त्व होइन, यो त मनुष्यमा नै अन्तर्निहित हुन्छ । संसारले आजसम्म जे जति ज्ञानको लाभ गरेको छ त्यो सम्पूर्ण मनबाट नै निःसृत हो । मानिसको जुन शक्तिहरूसँग सम्बन्ध हुन्छ तीमध्ये कर्महरूको शक्ति प्रबल हुन्छ । किनभने कर्मशक्तिको मानवीय चरित्र गठनमा ठूलो प्रभाव पर्छ ।’ यही कर्मशक्तिमा विश्वासका साथ जे मैले अनुभव गरेको छु कुनै समयमा लिपिबद्ध गरी आउँदो पुस्ताका लागि हस्तान्तरण गर्ने सोच बनाएको छु ।

हेरौँ जीवनको यात्रा आफैँ कहाँ गएर टुंगिने हो ? मलाई विश्वास छ- मेहेनत, निष्ठा र विश्वासले आर्जन गरेको पत्रकारिताको मलाई विश्वास छ–मिहिनेत, निष्ठा र विश्वासले आर्जन आर्जन गरेको पत्रकारिताको परिचयमा नै मेरो अवसान हुनेछ र अवसान होस् भन्ने इच्छा पनि छ । पृष्ठ ५०४

यी उद्धरणहरूमा अभिव्यक्ति, वर्णविन्यास र वाक्यगठन जानीबुझी बदलिएको छैन, जस्ताको तस्तै राखिएको छ । कतै फरक परेमा त्यो भुलवश भिन्न भएको हुन सक्छ । त्यसलाई उतार्नेले नै जिम्मा लिनुपर्छ र त्यसलाई स्वीकार गर्ने प्रतिबद्धता पनि छ ।

यसरी यस पुस्तकलाई दुई पटक पल्टाएर सकियो । पहिलो पटकमा अक्षरशः पढ्दै कुनै शीर्षक नछुटाइकन कम्तीमा एक र बढीमा चार ठाउँसम्म रेखांकन गरियो । पछि उतार्दा रुचि लागेअनुसार तिनै रेखांकन भएका ठाउँको तलमाथि पढ्दै, त्यहीँबाट एक-एकमात्रै उतारियो । यी उद्धरणहरूमा अभिव्यक्ति, वर्णविन्यास र वाक्यगठन जानीबुझी बदलिएको छैन, जस्ताको तस्तै राखिएको छ । कतै फरक परेमा त्यो भुलवश भिन्न भएको हुन सक्छ । त्यसलाई उतार्नेले नै जिम्मा लिनुपर्छ र त्यसलाई स्वीकार गर्ने प्रतिबद्धता पनि छ । पुस्तकमा वर्णविन्यास, पदयोग वा पदवियोग, वाक्यगठन, विषयवस्तु र भाषिक शैली आदि सबै जे छन्, ती लेखक स्वयंका हुन् ।

यी उद्धरणहरू पढ्न रुचि भएमा पाठकहरूले अवश्य पढ्नुहुनेछ । त्यसो भए तापनि यी उद्धरणकै भरमा पुस्तकमा यही रहेछ भन्ने धारणा नबनोस् । रोचक लागेको ठाउँ दिइएका पृष्ठसंख्याका आधारमा खोजेर उद्धरणको पूर्वापर पढ्न पुनः अनुरोध छ । अन्तमा, यस पुस्तकको पठनबाट के पाइन्छ भन्ने कुरो लेखिराख्नु आवश्यक भएन । दुई पटक पढ्दै भए पनि ढुक्क हुन नसकेर यसरी उद्धरण उतारेर दिन मन लाग्नु नै पुस्तक रुचिकर र उपादेय छ भन्ने नै हो । लेखमा आफ्नो कुरो केही नभएको हुनाले ‘त्वदीय वस्तु गोविन्द तुभ्यमेव समर्पितम्’ भन्दै आदरणीय लेखक श्रीपुरुषोत्तम दाहालबाट पाठकलाई समर्पण गरिएको पुस्तकका अंशहरू आमपाठकलाई समर्पण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *