कालीकोट । कालीकोटमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
गत शनिवार डोजर दुर्घटना हुँदा हराइरहेका कैलालीका २३ वर्षका मङ्गल सोडारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता प्रहरी उपरीक्षक शुभराज बमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यसअघि हिजो शान्नीत्रिवेणी गाउँपालिकाका उमेश गिरीको शव भेटिएको थियो । घटना भएकै दिन शनिबार कालीकोटका चरित्र सार्की र युवराज बुढाको घटनास्थलमै र मिलन शाहीको उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी हराइरहेका रक्तिम सार्कीको अवस्था भने अझै थाहा हुँन नसकेको प्रहरी उपरीक्षक बमले बताउनुभयो ।
शनिबार दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षण गरेर फर्किएको डोजर दुर्घटनामा परेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच