पूर्वराजा शाह परिवारसहित आज जनकपुर जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज जनकपुर जाँदै हुनुहुन्छ ।

निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुग्नुभएको थियो । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको बताइएको छ ।

झापा भ्रमणलगत्तै आज शाह जनकपुर भ्रमणमा निस्कन लाग्नुभएको हो । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए ।

त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उहाँ होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?