प्रजातान्त्रिक उद्यमी संघको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । प्रजातान्त्रिक उद्यमी संघको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङको सह आयोजना एवम् घोराही उप महानगरपालिका वडा नं १९ को व्यवस्थापनमा भएको स्त्री रोग, फिजिसीयन, हाड जोर्नी नशारोग सम्वन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा डा अजय रेग्मी, डा गौरव रावल, डा सलिना दाहाल, डा करिशमा भण्डारी लगाएतका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दाङ क्षेत्र नं २ ९१० का निर्वाचित सदस्य राजु खनालले सैघा भौगोलिक तथा विकासका हिसावले समेत पछाडि परेको बताउनु भयो । ‘आर्थिक, पुर्वाधार, स्वास्थ्य, शिक्षाको हिसावले पछाडि परेको छ’ सांसद खनालले भन्नुभयो । पछाडि परेको क्षेत्रको विकासका लागि आफुँले प्रयास गर्ने समेत बताउनुभयो ।

घोराही उप महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले नागरिकहरुलाइ आफ्नै ठाउँमा विशिषज्ञ सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य सिवीरको आयोजना गरेको बताउनुभयो । अशिक्षित, गरिवी तथा विपन्न वर्गका नागरिक धेरै रहेकाले रोग लुकाएर बस्ने गरेको उहाँको भनाइ रहेको थियो ।

नेपाल परिवार नियोजन संघका सचिव माया पोख्रेलले ग्रामीण क्षेत्रका महिलाहरु आफ्नो समस्याका बारेमा नबताउने गरेको बताउनुभयो । आफ्नो स्वास्थ्यका बारेमा सचेत हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

कार्यक्रम प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर केसी (मानु) को अध्यक्षतामा भएको थियो । संघका उपाध्यक्ष छविनारायण गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव श्रीधर धितालले गर्नुभएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?