बर्दिया । विश्वमा नै दुर्लभ मानिएको कृष्णसारको संख्या पछिल्लोपटक घट्दै गएको छ । बर्दियाको गुलरिया नगरपालिकाअन्र्तगत खैरापुरमा पाइने स्थनधारी जनावर कृष्णसारको संख्यामा पछिल्लो समय निकै ओरालो लागेको तथ्यांकले पुष्टि गर्दछ । जनस्तरबाट कृष्णसार संरक्षण क्षेत्र स्थापना गरेर कृष्णसारको संरक्षण गर्दा तीन सयको हाराहारीमा पुगेको कृष्णसार पछिल्लो समय भने त्यो संख्या घटेर अहिले १६८ झरेको छ ।
कृष्णसार बर्दिया जिल्लाको गुलरियामा मात्र पाइन्छ सरकारले कृष्णसार संरक्षण गर्नका लागि कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषदको कार्यालयनै स्थापना गरेर संरक्षण सुरु गरको भए पनि जन स्तरबाट गरिएको संरक्षण भन्दा सरकारी संयन्त्रबाट गरिएको संरक्षण फितलो हुँदै जाँदा झन्पछि झन् कृष्णसारको संख्या घट्दै गएको पाइएको हो । सरकारले कृष्णसार संरक्षण ब्यवस्थापन परिषद्को कार्यालय नै स्थापना गरेर बार्षिक दुई करोड बढीको खर्च गरिरहेको छ भने कृष्णसार संरक्षणका लागि मात्र २४ जना कर्मचारीको दरबन्दीसमेत त्यस स्थानमा कायम गरिएको छ तर कार्यालयले भने संरक्षणमा ध्यान नदिँदा कृष्णसारको संख्या घट्दै जानु दुःखद भएको स्थानियवासी पप्पु यादवले बताउनुभयो ।
२०३१ सालदेखि कृष्णसारको रेखदेख सुरु गरिएको र पटकपटक त्यस स्थानलाई संरक्षण गर्नका लागि स्थानीयले दबाब दिँदासमेत बेवास्ता गरेको नेपाल सरकारले २०६७ सालमा मात्र कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । सरकारी घोषणासँगै कृष्णसार संरक्षणमा उपलब्धि हुने देखेका स्थानीय भने संरक्षण कर्यालय खुलेलगत्तै कृष्णसारको संख्या घट्दै जानु आश्चर्यजनक भएको गुलरिया नगरपालिका–२ का वडा अध्ययक्ष टंक अधिकारीले बताउनुभयो ।
कुनै समय तीन सयको हाराहारीमा पुगेको कृष्णसारको संख्या अहिले भने भाले ३५, पोथी १०२ र बच्चा २६ गरी कुल १६८ रहेको छ । गत असारमा मात्र त्यस क्षेत्रमा १८४ वटा कृष्णसार भएको भए पनि अहिले भने त्यो संख्या घटेको देखिन्छ । सरकारले कृष्णसार संरक्षण र व्यवस्थापनमा वार्षिक करिब दुई करोड रुपैयाँ खर्च गरी रहेको छ तर त्यसको उपलब्धि भने कृष्णसार संरक्षण क्षेत्र कार्यालयले कागजमा मात्र देखाउने गरेको छ ।
गत असारयता मात्र करिब एक दर्जन बढी कृष्णसारको मृत्यु भइसकेको छ । कृष्णसारको मृत्यु बढी रहँदा संरक्षण गर्नका लागि नेपाल सरकारले स्थापना गरेको संरक्षण क्षेत्र कार्यालयले भने सधै चितुवा आक्रमण, भुस्याहा कुकुर र अव्यवस्थित बस्तीका कारण कृष्णसारको मृत्यु हुने गरेको कार्यालय प्रमुख बिनयकुमार झाले बताउनु भयो । वर्षौं वर्षमा जसरी कृष्णसारको संरक्षणमा योगदान पु¥याएका स्थानीय पनि पछिल्लो समय सरकारी संयन्त्रले काम गर्न नसकेको गुनासो गरिरहेका छन् । तर, कृष्णसार संरक्षण ब्यवस्थापन परिषदको कार्यालयले भने विभिन्न बाहाना बनाउँदै पन्छिने गरेको स्थानियवासीको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच