सेयर बजारमा सामान्य गिरावट

Read Time = 3 mins

काठमाडौं । यस साताको आइतबार र सोमबार बढेको सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६०.०६ अंकमा झरेको हो । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ अंकमा झरेको छ ।

कारोबार भएका कुल १३ समूहगत सूचकमध्ये नौवटाको घटेको छ भने चारवटाको बढेको छ । कारोबार भएकामध्ये एक सय सात कम्पनीको सेयर मूल्य बढेको होे । तर, एक सय दुई कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । यस दिन नेप्से घटे पनि कुल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ रुपैयाँको कारोबार भएको छ भने एनआइसी एसिया बैंक नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनर्बीमा कम्पनीको आठ करोड तीन लाख ४२ हजार आठ सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

विभिन्न चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । श्वेतगंगा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो । नेरुडे लघुवित्तको सेयर मूल्य पनि ७.७३ प्रतिशतले बढेको छ । तर, विन नेपाल लघुवित्त ५.५९, बोटलर्स नेपाल तराई लघुवित्त ५.५४, दोर्दी खोला जलविद्युत् ३.४४, पिपुल्स पावर कम्पनी ३.४० र हिमालयन बैंकको सेयर मूल्य ३.३२ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?