काठमाडौं । नेपाल पर्वतारोहण संघको आज (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बैंक्वेटमा बोलाइएको सभा बहिष्कार गर्न सबै सदस्यहरूलाई आग्रह गरिएको हो । संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पा, पूव– अध्यक्ष जिम्मा जाङ्बु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औँ साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको हो ।
संघको साधारणसभा विधानविपरीत रहेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारबाही नगर्न आदेश दिएको उहाँहरूको जिकिर थियो । यसअघि पनि ०७८ चैत्र ९ गते बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेशपश्चात् स्थगित गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर दुई वर्ष हुँदा पनि कार्यसमितिको चुनाव गर्ने पहल नगरेको आरोप लगाउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो साधारणसभा संघको विधानविपरीत रहेकोले कुनै पनि कामकारबाही नगर्न लिखित आदेश दिएको हुनाले सबैले बहिष्कार गर्नुपर्ने उहाँको धारणा थियो ।
त्यस्तै, आङकाजी शेर्पाले नेपाल पर्वतारोहण संघले कार्यकाल सकिएको दुई वर्षसम्म पनि निर्वाचन गर्न आलटाल गरेपछि जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख २७ र २८ गते निर्वाचन घोषणा गरिदिएको बताउनुभयो । पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच