पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवको डिएनए टेस्टका लागि काठमाडौं पठाइने

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ ।

सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएकाे र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।

शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफन्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?