टोकियो । जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च बिन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
जीवनयापनको बढ्दो लागत कम गर्न ब्याजदर बढाउन केन्द्रीय बैंकलाई दबाब परेको छ । खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतका बाबजुद ब्याजदर नबढाउने घोषणा गरेर बैंक अफ जापानले लगानीकर्तालाई चकित पारेको छ ।
केही समयदेखि उपभोक्ता मूल्यभन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ । शुक्रबार जारी गरिएको आधिकारिक तथ्यांकअनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च बिन्दुमा पुगेको छ ।
बजार मूल्य लगातार नवौँ महिनामा बढेको छ, जुन केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्यवृद्धिपछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशको सूचीबाट बाहिरिएको छैन । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच