थाइल्याण्डमा सुष्मा सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ । बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीका आधारमा पराजित गर्दै फाइनल पुग्नुभएको हो ।

फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गर्नुभएको छ । अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नुभएको छ । फाइनल खेल बुधबार हुनेछ ।

यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । प्रतियोगितामा नेपालबाट समान ३-३ पुरुष/महिला खेलाडी गरी ६ जनाएको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?