जब शिकारीले ढुकुरलाई हानेको गोली किशोरीको टाउकोमा लाग्यो…

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–५ रुप्साम शिकारीले ढुकुरलाई हानेको गोली लागेर एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

जेठ १९ गते शुक्रबार दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको ढुकुरलाई गोली हान्न खोज्दा १७ वर्षिया एलिसा सहकारी घाइते भएकी थिइन् ।

घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा २१ गते सुर्खेतमा उनको मृत्यु भएको एक स्थानीयले बताए । उनले गोली चलाउने शिकारीको नाम अहिले नभन्ने सर्तमा थाहा नभएको बताए ।

स्थानीयका अनुसार रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा उक्त गोली लागेको थियो । किशोरी सहकारीको आइतबार पोष्टमार्टम गरी अन्त्यष्टि गरिएको छ । उनी स्थानीय विद्यालयमा कक्षा दशमा पढ्दै आइरहेकी थिइन् ।

घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?