घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-३ भाडगाउँमा ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

यस वडाका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त एवम् अपाङ्ग नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको सिनियर अहेव यमुना विश्वकर्माले जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने मूख्य नारासहित ज्येष्ठ नागरिक दिवसको अवसरमा यस वडामा रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक ४३ जना र अशक्त एवम् अपाङ्ग १७ जना नागरिकको घरमै पुगेर सेवा प्रदान गरिएको छ ।

आफ्नो घरमै आएर स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरणलगायतका सेवा प्रवाह गर्दा यहाँका ज्येष्ठ नागरिकहरु अत्यन्तै धेरै खुसी भएकाे विश्वकर्माले बताउनु भयाे । घरमै बसी निःशुल्क स्वास्थ्य परीक्षण र औषधि प्राप्त गर्दा निकै खुसी लागेको उनीहरुले बताएका थिए ।

घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका सेवा प्रवाह गर्दा उहाँहरुलाई धेरै सहज हुने वडाअध्यक्ष बाबुराम खत्रीले बताउनुभयो । यसरी सेवा प्रदान गर्नु आफ्नो जिम्मेवारी एवम् कर्तव्य भएको भन्दै उहाँले ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?