काठमाडौं । एसियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयी पुरस्कृत भएका छन् । एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११औँ संस्करणका प्रतिस्पर्धीमध्ये उत्कृष्ट पाँंच विद्यार्थीहरू पुरस्कृत भएका हुन् ।
नेपाल इञ्जिनियरिङ कलेज चाँंगुनारायणमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीबीच सम्पन्न प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा सर्वोत्कृष्ट पूजा राईले ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने फस्ट रनर अप स्पर्श शर्माले २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी सेकेण्ड रनर अपमा अंशु प्रजापतीले १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सान्त्वना पुरस्कार सलिना थापा र सुवास चन्दले क्रमशः पाँंच-पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
कलेजको आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध रहेको छ । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एसियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट पाँच आर्किटेक्चर विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । विजेताले भविष्यको हिरोको उपाधि पाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच