काठमाडौ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । यस सँगै जगदम्बा मोबाइल्स अब नेपालका लागि बोल्टको आधिकारिक विक्रेत भएको छ ।
यस्तो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ । सहकार्यसँगै अब नेपाली उपभोक्ताका विभिन्न आवश्यकता र प्राथमिकताअनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रूवायरलेस स्टेरियो)इयरबड उपलव्ध हुनेछन् ।
बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडल रहेका छन् भने टिडब्लुएस् इयरबड्सअन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडल उपलब्ध रहेका छन् । जगदम्बा मोबाइल्स प्रालिका कार्यकारी निर्देशक सक्षम जाटियाले भन्नुभयो, 'भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धता अझ बलियो बनाएको छ ।'
त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले भन्नुभयो,“जगदम्बा मोबाइल्स प्रालिसँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवालाई अत्याधुनिक वेरेबल प्रविधि प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गरेको छ ।,
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच