केन्द्रबाट प्रतिनिधि छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचितमध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गर्नुभयो । निर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त शर्मा (पिन्टु) (८०), लिलाराम बस्नेत (७६), कुमार बस्नेत (७४), सुजन खतिवडा (७१), खुसराज दाहाल (६८), लोकेन्द्रकुमार बस्नेत (६६), डिल्लीराम काफ्ले (६५), रेखा बस्नेत (६०), गोपीकृष्ण निरौला ((५९), रिखिराम पोखरेल (५८), दुर्गादेवी बस्नेत (५८) र दोवे तामाङ (५०) रहनुभएको छ ।
कुल १२६ मतदाता रहेकोमा ११४ मत खसेको थियो । सदर मत संख्या १०९ थियो । पाँच मत बदर भएको थियो । महिला आरक्षिततर्फ तीनजना छनोट हुनुपर्नेमा चारजनाले उम्मेदवारी दिएका थिए । अमृता घिमिरे (९१), पार्वती राई (८८) र ढाकादेवी पराजुली (७१) निर्वाचित हुनुभयो ।

आरक्षित श्रेणीविहीनतर्फ बद्रीकुमार खत्री निर्विरोध निर्वाचित हुनुभयो । केन्द्रीय महाधिवेशन तथा निर्वाचन फागुन ४ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगञ्जमा हुँदैछ । केन्द्रीय महाधिवेशन तथा निर्वाचनमा जिल्ला, प्रदेश र केन्द्रबाट जम्मा १२० प्रतिनिधि सहभागी हुने राखेप कर्मचारी संघ केन्द्रीय निर्वाचन आयोगका सचिव भोजानन्द राईले जनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?