घर बनाएर हस्तान्तरण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकाभित्र अतिविपन्न चार परिवारलाई आज घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्र नारायण निधी आवास योजनाबाट यहाँका अतिविपन्न चार परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । लालबन्दी ६ का वीरबहादुर क्यापछाकी, लालबन्दी ७ का बिशे राई, लालबन्दी ९ का शम्भु बलम्पाकी र लालबन्दी १७ का लक्ष्मी थापाको परिवारले पक्की घर पाएका छन् ।

चार परिवारका लागि दुई कोठाको पक्की घर, किचेन र शौचालय निर्माण गरिएको प्रदेशसभा सदस्य बेची लुङ्गेलीले जानकारी दिनुभयो । प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने छ । चारवटै घरको आज बिहान सर्लाही क्षेत्र नम्बर १ (ख) की प्रदेशसभा सदस्य लुङ्गेलीले उद्घाटन गर्नुभएको छ । एक परिवारका लागि पाँच लाख ५० हजार रुपियाँ लागतमा घर निर्माण पूरा गरी हस्तान्तरण गरिएको हो ।

घर हस्तान्तरण कार्यक्रममा लालबन्दी ६ का वडाध्यक्ष लालकुमार योन्जन, ७ का वडाध्यक्ष कृष्ण कार्की, ९ का वडाध्यक्ष नारायण अधिकारी र १७ का वडाध्यक्ष विष्णु अधिकारीसहित कांग्रेस नेता इन्द्र योन्जन, सुरेन्द्र न्यौपाने, बिभुसिंह थापा, माओवादी केन्द्रका नेता लेखराम जर्गा मगर, नेकपा एकीकृत समाजवादीका नेता राजन काफ्ले, टङ्क काफ्ले, कपिल देवकोटा, समाजसेवी सीताराम निरौलालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?