काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराँते महासंघका सह-महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य-सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराउनुभएको हो ।
राखेपले गत बिहीबार कराँतेका संस्थापकमध्येका एक एवं राखेपका पूर्वसदस्य-सचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराँते महासंघ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।
अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरेको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचनसमेत गर्न सकेको थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच